माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी


माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन । बैंक-वित्तीय संस्था सम्बन्धि ऐन बाफियाको प्राबधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट राजिनामा दिएपश्चात केसीलाई अध्यक्षमा नियुक्ती गरिएको हो ।

बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको बैंकले जनाएको छ। हालै बाफियाले संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नसक्ने व्यवस्था गरेको हो ।