नबिल बैंकको लाभांश घोषणा

नबिल बैंकको लाभांश घोषणा



बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

नबिल बैंकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ। यसपालि बैंकले बोनस शेयर भने वितरण नगर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।