१६ वाणिज्य बैंक र २ बीमा कम्पनीले सर्वोच्च अदालतमा हालेको मुद्दामा आज बहस हुँदै

१६ वाणिज्य बैंक र २ बीमा कम्पनीले सर्वोच्च अदालतमा हालेको मुद्दामा आज बहस हुँदै



बैंकिङ्ग समाचार, काठमाडौं ।
१६ वटा वाणिज्य बैंक तथा २ बीमा कम्पनीले एफपीओको कर विवादमा सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज बुधबार सुनुवाई हुँदैछ ।

चालु आर्थिक वर्ष २०८०।८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका हुन् । सरकारी लगानीका कृषि विकास बैंक, नेपाल बैंक, वाणिज्य बैंक अदालत गएका छैनन् । त्यस्तै एभरेष्ट बैंक पनि अदालत गएको छैन । यी बाहेक अन्य १६ वटा बैंकले अदालतमा मुद्दा दर्ता गरेका हुन्।

प्रिमियममा एफपीओ निष्काशन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि अदालतमा मुद्दा दायर गरेका छन् । नेपाल लाइफले असोज २ गते र शिखरले असोज २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । सर्वोच्च अदालतले बैंकले दायर गरेको मुद्दा र यी २ इन्स्योरेन्सले दायर गरेको मुद्दालाई पनि वाणिज्य बैंकको सूचीमा राखेर आज सुनुवाई हुँदैछ ।

इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षसँग छलफल गरेपछि अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्क्यौल गर्ने छ ।