युनिलिभर नेपालले भूकम्प प्रभावितलाई गर्यो १ करोड रुपैयाँ सहयोग

युनिलिभर नेपालले भूकम्प प्रभावितलाई गर्यो १ करोड रुपैयाँ सहयोग



बैंकिङ्ग समाचार, काठमाडौं ।
जाजरकोट भूकम्प प्रभावितलाई युनिलिभर नेपालले १ करोड रुपैयाँ सहयोग गरेको छ । भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुपलगायतका राहत सामग्री लिएर गएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको हो ।

कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका छन् ।