नक्कली नोटसहित काठमाडौँबाट दुई महिला पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट दुई महिला पक्राउ



बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन्। सोमबार राति प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका(७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका(१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका ४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका ७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका(१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार
साँझ पक्राउ गरेको हो।