भूकम्प पीडितलाई सिन्धु विकास बैंकको २ लाख ५० हजार आर्थिक सहयोग

भूकम्प पीडितलाई सिन्धु विकास बैंकको २ लाख ५० हजार आर्थिक सहयोग



बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंकले जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प पीडितको सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैँया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत भुकम्प पिडितलाई आर्थिक सहयोग प्रदान गरको बैंकले जनाएको छ ।