अर्थतन्त्र सुधारका उपायबारे उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री, अर्थमन्त्रीसहित योजना आयोग र राष्ट्र बैंक समेतको सहभागिता

अर्थतन्त्र सुधारका उपायबारे उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री, अर्थमन्त्रीसहित योजना आयोग र राष्ट्र बैंक समेतको सहभागिता



बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्ने भएका छन्।

छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ। सरकारी निकायका प्रतिनिधिहरुलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ ।

अर्थतन्त्रको वर्तमान अवस्था र सरकारले लिनु पर्ने नीतिका विषयमा धारणा बनाउन प्रधानमन्त्रीले उच्च स्तरीय छलफल गर्न चाहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बैठकमा अर्थतन्त्रको पछिल्लो अवस्थामा विषयमा अर्थमन्त्री डा। प्रकाशशरण महतले बिफ्रिङ गर्ने तय भएको छ ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा निजी क्षेत्रसँग छलफल गर्नुभन्दा अगाडि सरकारी निकायसँग छलफल गर्न चाहेको अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।