आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने

आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने



बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन भएको छ । अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ । सोबाट कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ ।

कुलमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिने जनाएको छ । २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ४ गतेदेखि मंसिर १८ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।