भोलिदेखि प्रिमियममा आइपीओ विक्री गर्दै हिमालयन रिइन्स्योरेन्स, कति कित्ता दिने आवेदन ?

भोलिदेखि प्रिमियममा आइपीओ विक्री गर्दै हिमालयन रिइन्स्योरेन्स, कति कित्ता दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्सले भोलि मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।