सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा मंसिर २४ गते

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा मंसिर २४ गते


सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आगामी मंसिर २४ गतेका लागि तय भएको छ । सो बैंकले लैनचौरस्थित लैनचौर ब्याक्वेटमा साधारणसभा बस्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न, सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने, नियमनकारी निकायसँग सहमति लिने कार्यका लागि प्रवन्ध पत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएमा सो समेत गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सभाले गर्नेछ ।