प्रथम त्रैमासमा सयपत्रि हाइड्रोपावरले कमायो १ करोड बढि नाफा

प्रथम त्रैमासमा सयपत्रि हाइड्रोपावरले कमायो १ करोड बढि नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सयपत्रि हाइड्रोपावर लिमिटेडले चालू अर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १८ लाख नाफा कमाएको छ । सयपत्रि हाइड्रोपावर लिमिटेडले चालू अर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा १३ दशलमव ५३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा २ करोड ७८ लाख रहेकोमा चालू आर्थिक वर्षमा घटेर २ करोड ४१ लाखमा सिमित भएको छ ।

कम्पनीको चुक्ता पूँजी ३० करोड रहेको छ । चालू आर्थिक वर्षमा कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड ५५ लाख ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १९० गुणा र प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा रहेको छ ।