बीमा विज्ञ अनिल ढुंगेलको कोरोना संक्रमणबाट निधन

बीमा विज्ञ अनिल ढुंगेलको कोरोना संक्रमणबाट निधन


बैंकिङ्ग  समाचार । 

लामो समय बीमा क्षेत्रमा बिताएका अनिल ढुंगेलको कोरोना संक्रमणका कारण निधन भएको छ। 

उनी पछिल्लो समय एभरेष्ट जनरल इन्स्योरेन्समा थिए। त्यहाँबाट अवकाश भएपछि उनी अध्ययन/अध्यापनमा संलग्न थिए। उनी चार्टर्ड एकाउन्टेन्टसमेत थिए।

बीमा विज्ञ ढुंगेलको गए राति साढे ११ बजे निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो। उच्च रक्तचापको औषधि खाँदै आएका उनमा मधुमेहसमेत थियो। 

अघिल्लो आइतबार अस्पताल भर्ना गरिएपछि उनको स्वास्थमा सुधार हुँदै गएको थियो। तर गत शुक्रबार अचानक उनलाई हृदयघात भएको थियो। त्यसबाट उनी फेरि 'रिभाइव' भएका थिए। फेरि एट्याक भएपछि उनको निधन भएको हो।