एनआईसी एशिया बैंकको चार अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला

एनआईसी एशिया बैंकको चार अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला


काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र (डिबेञ्चर) बिक्री खुल्ला भएको छ । बैंकले आज आईतबार १० प्रतिसत एनआईसी डिवञ्चर २०८५-०८६ को बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रर्वन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड रहेको बैैकको ऋणपत्रको बिक्री कार्य छिटोमा यही माघ १५ गते र ढिलोमा फागुुन १३ गते बन्द हुने छ । बार्षिक १० प्रतिसत व्याजमा १० बर्ष अवधिको तोकिएको ऋणपत्र खरिदको न्युुनतम सिमा २५ कित्ता र अधिकत सिमा २० लाख कित्ता तोकिएको छ ।

अंकित मुल्य एक हजार रुपैयाँ तोकिएको ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता अर्थात एक अर्ब ६० करोड ऋण पुंजी रकम (पाँच प्रतिसत अर्थात ८० हजार कित्ता सामुुहिक लगानी कोषको लागि छुुट्याएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबट बिक्री गरिने छ ।

अधिकृत पुंजी आठ अर्ब पाँच करोड र जारी पुंजी आठ अर्ब तीन करोड ११ लाख १६ हजार नौ सय ९८ रुपैयाँ रहेको बैंकले चुक्ता पुंजी आठ अर्ब तीन करोड ११ लाख १६ हजार नौ सय ९८ रुपैयाँ रहेको छ ।