बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न पाउने, कसले पाउँछ यस्तो सुविधा ?

बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न पाउने, कसले पाउँछ यस्तो सुविधा ?


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी सेवा आयात वापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ । जसका लागि केन्द्रीय बैंकको विदेशी विनीमय विभागले प्रस्ताव तयार पारेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको थियो।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रााको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।

विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति,फर्म, कम्पनी वा संस्थाको बेंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधीक गरी प्यान नं लिनुपर्नेछ ।

वाणिज्य बैंकहरुले कार्ड जारी गर्दाको दिनको विनीमयदरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५ सय रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिदगर्दा लाग्ने कर अग्रिम रुपमा कट्टा गनुपर्ने व्यवस्था छ ।

प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकपटक वा पटक पटक गरेर बढीमा अमेरिकी डलर ५ सय रुपैयाँ बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् । 

\"\"