क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्छौं : गभर्नर अधिकारी

क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्छौं : गभर्नर अधिकारी


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने घोषणा गरेका छन् ।

नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुक्रबार शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन्।

सो अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिए ।

उनले भने, “नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुआत हो । अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।” समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने विश्वास गभर्नर अधिकारीले व्यक्त गरे । “यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पु¥याउनेछ ।” उनले भने ।

गभर्नर अधिकारीले क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको जानकारीसमेत दिए । पछिल्लो समय हरेक महिना तीस प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारीसमेत उनले गराए । क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायतका सरोकारवालाई आग्रहसमेत गरे।

कार्यक्रममा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्साल तरकारी बजारमा क्यूआर कोड कारोबारको सुरुआतले थप हौसला मिलेको उल्लेख गर्दै देशभर ‘डिजिटल नेपाल’को प्रवद्र्धनमा राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको जानकारी दिए ।

सो अवसरमा नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले स्वागत मन्तव्य राख्दै क्यूआर कोडको थालनीसँगै तरकारी बजार प्रवित्रिमैत्री वातावारणमा प्रवेश गरेको धारणा राखे।

सानिमा बैंक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा नक्सालस्थित तरकारी तथा फलपूmल बजारमा क्यूआर कोडमार्पmत भुक्तानी कारोबारको सुरुआत भएको हो ।

बजारका ७५ स्टलमध्ये अधिकांश स्टलमा क्यूआर कोड सञ्चालनमा आएको जनाइएको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको आँकडा अनुसार, २०७७ कात्तिक महिनामा क्यूआर कोडमार्फत २ लाख ४१ हजार ८१८ कारोबारहरू भएका छन् । क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।