आगामी साताबाट ब्रोकर कमिशन घट्ने, स्टक डिलरको लाइसेन्स पनि दिइने

आगामी साताबाट ब्रोकर कमिशन घट्ने, स्टक डिलरको लाइसेन्स पनि दिइने


बैकिङ्ग समाचार ।

नेपाल धितोपत्र बोर्डले आगामी साताबाट शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाउने भएको छ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ नाफिजका नव नियुक्त पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातबाटै ब्रोकर कमिशन घटाउने तयारी भएको जानकारी दिए ।

'ब्रोकर कमिसनका सन्दर्भमा हामीले छलफल जारी छ । कमिशन घटाउँदा स्लाब पनि पुनर्विचार गर्नु पर्ला । मोडालिटिमा हामी करिब करिब अन्तिम चरणामा छौ तर काम अझै बाँकी छ । प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी छ। सम्भवत अंग्रेजी नयाँ वर्षदेखि हामी यो लागू गर्न सक्छौं' उनले भने ।

शेयर लगानीकर्ताले बारम्बार कमिशन घटाउने माग गरिरहेका बेला बोर्डको आग्रहमा शेयर ब्रोकरहरुले कमिशन घटाउन उपयुक्त छ छैन भन्ने बारेमा अध्ययन रिर्पोट समेत बुझाएका थिए । साथै सोहि कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले नागरिक स्टक  डिलरलाई अनुमतिपत्र प्रदान गरी बजार प्रवेश ढोका खोल्ने तयारी भइरहेको जानकारी दिए । नागरिक स्टक डिलरको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ ।

साथै शेयर कारोबारलाई थप प्रविधिमैत्री बनाउन बैक इन्ट्रीगेसन, ब्रोकर टीएमएसमा सुधार, इलेक्ट्रोनिक रिपोर्टिङ लागि डिजिटल काम अघि बढाइरहेको पनि उनको भनाई छ ।