प्राइम कमर्सियल बैंकको साधारण सभा पुस २९ गते हुने, प्रस्तावित लाभांश पारित गर्ने

प्राइम कमर्सियल बैंकको साधारण सभा पुस २९ गते हुने, प्रस्तावित लाभांश पारित गर्ने


बैकिङ्ग समाचार ।
प्राइम कमर्सियल बैंकले प्रस्तावित लाभांश पारित लगायतका एजेण्डा पारित गर्न पुस २९ गते बुधबार साधारण सभा डाकेको छ ।

बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौमा बिहान ११ बजे तेह्रौ वार्षिक साधारण सभा डाकेको हो । कोरोना महामारीका कारण सभामा शेयरधनीहरुलाई भर्चुअल प्रविधि मार्फत सहभागी गराइने बैंकले छ ।

उक्त साधारण सभाले आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने बैंकले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २० गते सोमबार बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस १९ गते आइतबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र बोनश शेयर र सभामा भाग लिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ छ । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरी २०७६ फागुन २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो । यसअनुसार बैंकका शेयरधनीले बोनसमा लाग्ने कर छुट पाउनेछन् । तर एकिकृत कारोपछि शेयर खरीद गरी शेयरधनी बनेका लगानीकर्ताले भने बोनसमा लाग्ने कर आफैँ तिर्नुपर्ने हुन्छ ।

अघिल्लो आव २०७५/७६ को नाफाबाट भने बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।