५ स्थानीय तहमा अझै पुगेनन वाणिज्य बैंकका शाखा 

५ स्थानीय तहमा अझै पुगेनन वाणिज्य बैंकका शाखा 


बैकिङ्ग समाचार । 
देशभरका कूल ७५३ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न नसकेको नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश १ को १, बाग्मती प्रदेशको २, कर्णाली प्रदेशको १ र सुदूर पश्चिम प्रदेशको १ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा ७५३ स्थानीय तहमध्ये ताप्तेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, नेत्रावती, जाजरकोट जिल्लाको जुनीचाँदे र बझाङ जिल्लाको काँडा गाउँपालिकामा गरी पाँच स्थानीय तहमा बैंकहरुले अझै शाखा विस्तार गर्न नसकेका हुन् ।

\"\"

कुल ७५३ स्थानीय तहमध्ये ७४८ स्थानीय तहमा भने वाणिज्य बैंकको शाखा स्थापना भैसकेको केन्द्रीय बैंकले जनाएको छ । २०७६ कार्तिकसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तथार भएकोमा पछिल्लो एक वर्ष अवधिमा थप ८ स्थानीय तहमा शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ कात्तिकसम्ममा प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ मा वाणिज्य बैंकको शाखा स्थाजना भएको छ । यसैगरी प्रदेश २ सबै स्थानीय तह, बाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेश (८५) र लुम्बिनी प्रदेशका (१०९) सबै स्थानीय तह, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ७८ र सुदूर पश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४६ कायम भएका छन् । बैंकका अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ९३७ पुगेको छ । असारमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ७६५ रहेकोमा यस अवधिमा १७२ वटा शाखा विस्तार भएको हो ।