नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने, ३१ प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश

नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने, ३१ प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश


बैकिङ्ग समाचार । 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बराबरको शेयर लाभांश र १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो।

प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड पुग्ने छ ।

कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।