ग्लोबल आइएमई बैंकले गर्यो नागरिक केयर सेन्टर भवन निर्माणमा सहयोग

ग्लोबल आइएमई बैंकले गर्यो नागरिक केयर सेन्टर भवन निर्माणमा सहयोग


बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ।

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

बैंकले २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र  २४१ शाखा रहित बैंकिङ्ग सेवा  दिँदै आएको छ।