राजनितिक उथलपुथलपछि उकासियो सेयर बजार, कुन समूहले कति कमाए ?

राजनितिक उथलपुथलपछि उकासियो सेयर बजार, कुन समूहले कति कमाए ?


बैकिङ्ग समाचार ।
सेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकको छलाङ मारेको छ। मुलुकमा राजनीतिक अन्यौलता बढिरहेका बेला बजारमा भने त्यसको प्रभाव देखिएको छैन। 

९५.४६ अंकको वृद्धिपछि परिसूचक २०६१ अंकमा कायम भएको छ। यसअघि नेप्सेले २०६७ अंकको उच्च रेकर्ड बनाएको छ। यस दिन २०५ कम्पनीको ६ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

सबै समूहहरु बढेका छन्। बैकिङ्ग ७०, ब्यापार ७७, होटल २०, विकास बैंक ६६, जलविद्युत ८०, फाइनान्स २५, निर्जीवन बीमा ५२७, उत्पादन ११३, अन्य ७८, माइक्रोफाइनान्स १०७, जीवन बीमा समूह ९५० अंकले बढेका छन्। 

शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापन, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सान्जेन जलविद्युत, एनआइसी एसिया बैंक, माथिल्लो तामाकोसी, रसुवागढी जलविद्युत आयोजनाका लगानीकर्ताले अघिल्लाे दिनकाे तुलनामा १० प्रतिशतको हाराहारीमा मूल्य कमाएका छन्। 

समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनसिसी बैंक, राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर लगानीकर्ताले ९. ७ प्रतिशत मूल्य कमाए।

युनाइटेड मोदी हाइड्रोपावर, गोरखा फाइनान्सका सेयर लगानीकर्ताले साढे ८ प्रतिशतभन्दा बढी मूल्य कमाएका छन्। महिला सहयात्रा माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र हिमालय पावर पार्टनरका लगानीकर्ताले ८ प्रतिशत मूल्य कमाएका छन्। 

यस दिन नारायणी विकास बैंक, युनाइटेड मर्दी जलविद्युतका लगानीकर्ताले करिब १० प्रतिशत नै मूल्य गुमाएका छन्। 

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा एनआइसी एसिया बैंकको ४६ करोडको कारोबार भयो।

त्यस्तै प्रभु बैंकको ३२ करोड रुपैयाँको र एनसिसी बैंकको २७ करोड रुपैयाँको सेयर कारोबार भयो।