नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच सहकार्यका लागि सम्झौता 

नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच सहकार्यका लागि सम्झौता 


बैकिङ्ग समाचार । 
नेपाल बैंक र  चितवनस्थित रत्ननगर नगरपालिकाबीच सम्झौता भएको छ। नगरपालिकाद्वारा संचालन गरिने ‘नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो। 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र  नगर प्रमुख नारायण वनले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकले उद्यमीहरुलाई सहज र सरल रूपमा सहुलियत कर्जा दिनेछ। यस किसिमको प्रयासले नगरवासीको वित्तीय पहुच बढ्ने बैंकले विश्वास लिएको छ। 

बैंकले २०३ शाखा, १३२ एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ।  

यसै बर्ष भित्रमा शाखा सञ्जाल बढाउँदै शाखा संख्या २१४ पुर्याउने लक्ष्य लिएको छ।