नबिल बैंकको लाभांश घोषणा, चुक्ता पूँजी १३ अर्ब ५० करोड नजिक 

नबिल बैंकको लाभांश घोषणा, चुक्ता पूँजी १३ अर्ब ५० करोड नजिक 


बैकिङ्ग समाचार ।
नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश घोषणा गरको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल नबिल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ छ । बोनस पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड पुग्नेछ ।

अघिल्लो वर्ष बैंकले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगदगरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नबिल बैंक गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश गर्ने बैंकको पहिलो नम्बरमा पुगेको छ । अघिल्लो वर्ष नबिललाई एनएमबिले पछि पारेको थियो।