ग्लोबल आइएमईले संचालनमा ल्यायो थप २ शाखारहित बैकिङ्ग सेवा

ग्लोबल आइएमईले संचालनमा ल्यायो थप २ शाखारहित बैकिङ्ग सेवा


बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बागलुङको लेखनीमा नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यीसहित बैंकको शाखारहित सेवा संख्या २४१ पुगेको छ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलेको शाखारहित सेवाको वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयूक्त उद्घाटन गरे।

उक्त शाखारहित सेवाको लागि संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियूक्त गरिएको छ।

यसैगरी लेखनीमा खोलिएको शाखारहित सेवाको बागलुङ चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गरे। उक्त शाखारहित बैकिङ्ग सेवाको प्रतिनिधिका रुपमा योगनाथ कंडेललाई नियूक्त गरिएको छ।

शाखारहित बैकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टेलिकमको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्। 

बैंकका देशभर २६४ शाखा सञ्जाल, २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय संचालनमा छन्। २१ लाख बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको दावी छ।