माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता


बैकिङ्ग समाचार ।
माछापुच्छ्रे  बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच एक व्यवसायिक सम्झौता भएको छ। 
उक्त सम्झौतापत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

सम्झौता पश्चात केन्द्रमा आवद्ध कर्मचारीलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ। साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ। 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले यसअघि पनि विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ। 

बैंकका देशभर १६० वटा शाखा, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउन्टर संचालनमा छन्। साथै २ सय एटिएम तथा १ हजार भन्दा बढी पिओएसमार्फत बैंकले ग्राहकलाई सेवा दिँदै आएको छ।