सानिमा बैंकको चार अर्बको ऋणपत्र बिक्री सुरु, ८.५० प्रतिशत ब्याज पाइने

सानिमा बैंकको चार अर्बको ऋणपत्र बिक्री सुरु, ८.५० प्रतिशत ब्याज पाइने


बैंकिङ्ग समाचार । 
सानिमा बैंकले पुस १ गते बुधबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । दश वर्ष अवधि रहेको सो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

उक्त ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। ।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए ग्रेडिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।