प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, अब साधारण सभा

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, अब साधारण सभा


बैंकिङ्ग समाचार । 
प्रभु बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

राष्ट्र बैंकले मंसिर ३० गते प्रभु बैंकको लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । अब बैंकले साधारण सभा आह्वान गर्नेछ । साधारण सभाबाट उक्त प्रस्ताव पारित भए पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको थियो ।

त्यसैगरी बैंकले कर प्रयोजनका लागि मात्र चुक्त पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैयाँ पुग्नेछ ।