माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभरबीच सम्झौता, जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा बैंकले सहुलियत कर्जा दिने

माछापुच्छ्रे बैंक र एमएडब्लू अर्थमुभरबीच सम्झौता, जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा बैंकले सहुलियत कर्जा दिने


बैंकिङ्ग समाचार । 

उक्त सम्झौता पत्रमा एमएडब्लू अर्थमुभरको तर्फबाट अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्लू अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविध ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा दिइरहेको छ ।

५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मेसिन मार्फतबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकि सुविधा प्रदान गरीरहेको छ ।