रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिस प्रालिबीच सम्झौता, नेपाल स्टारको विजेतालाई बीमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिस प्रालिबीच सम्झौता, नेपाल स्टारको विजेतालाई बीमा योजना


बैंकिङ्ग समाचार । 
 रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिस प्रालिबीच सम्झौता भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई बीमा योजना दिने सम्बन्धी उक्त सम्झौता भएको हो ।

कम्पनीले प्रथम विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यस्तै यस कम्पनीको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा.लिका तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच उक्त हस्ताक्षर सम्झौता पत्रमा गरेका हुन् ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति पनि रहेको थियो ।