सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा १० प्रतिशत छुट

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा १० प्रतिशत छुट


बैंकिङ्ग समाचार । 

सनराइज बैंकका ग्राहकले सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा १० प्रतिशत छुट पाउने भएका छन्। 

बैंक तथा हस्पिट्यालिटी बीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी  गर्दा बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।

उक्त सम्झौता पश्चात सिद्धार्थ ग्रुप अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर रहेका होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा बैंकका ग्राहकले छुट पाउँनेछन्। 

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुविधा थप गर्दै जाने बैंकले बताएको छ।