बैक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

बैक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?


बैंकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी संस्थागत मुद्दतितर्फ ५.५ देखि ६.५ प्रतिशतसम्म, नवीकरण हुने मद्दतितर्फ ४.६० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यसैगरी रिक्वाएरिङ डिपोजिटतर्फ २ देखि १० वर्षसम्मका लागि ६ प्रतिशत ब्याजदर तोकिएको छ भने  यसैअन्तर्गत किसान बैंकिङ सेवातर्फ पनि ६ प्रतिशत ब्याजदर नै तोकिएको छ ।

बैंकले बचततर्फ २ देखि ३.५ प्रतिशत र कल डिपोजिटमा बढीमा १ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले फिक्स्ड ब्याजदरतर्फ घर बनाउनका लागि १० वर्षसम्म १०.९८ प्रतिशत ब्याजदर, १५ वर्षसम्मका लागि ११.९८ प्रतिशत र २० वर्षसम्मका लागि १२.९८ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी हायर पर्चेज लोन ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा ११.४९ प्रतिशत ब्याजदर लाग्नेछ । त्यसैगरी शैक्षिक कर्जाको हकमा ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा १०.४९ प्रतिशत ब्याजदर लाग्नेछ ।

बैंकले हाउजिङ, एजुकेशन, हायर पर्चेज, १ करोड ५० लाखसम्मको रेसिडेन्सियल रियल स्टेट लोनमा अधिकतम १२.६८ प्रतिशत ब्याजदर लाग्ने जनाएको छ ।

बैंकको बेस रेट ७.६८ प्रतिशत र स्प्रेड रेट ३.९० प्रतिशत छ ।

\"\"