खातामा पैसा नहुँदा नहुँदै डेढ करोडको चेक काट्ने गिरोह समातिए

खातामा पैसा नहुँदा नहुँदै डेढ करोडको चेक काट्ने गिरोह समातिए


बैंकिङ्ग समाचार ।
प्रर्याप्त रकम नभएको चेक दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ बबरमहलका ४८ वर्षिय अनिल पोद्दार रहेका छन् । 

उनले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी जिल्ला काठमाडौं बुद्दनगर बस्ने नानीबाबु खरेललाई र एक करोड त्रीसठ्ठी लाखको बैंक चेक काटीदिएको र त्यसपछि फरार रहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँले १ महिना जेल सजाय र ३ हजार जरिवाना हुने तथा एक करोड त्रीसठ्ठी लाख बिगो भराउने आदेश दिएको थियो ।

 उनलाई कलाकीबाट पक्राउ गरिएको र फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।