कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार ।
कुमारी बैंकको सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले आ.व.२०७६/०७७ बाट प्रस्ताव गरेको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । शेयरधनीहरुलाई बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनी महानुभावहरुको धारणा समावेश गरेको थियो ।

साधारण सभामा बैंकले आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो ।

आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १९ करोड गरि ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।

हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा सञ्जाल, १५० एटिएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।