एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारण सभाबाट पारित गर्दै

एशियन हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारण सभाबाट पारित गर्दै


बैंकिङ्ग समाचार ।
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २० गते दोश्रो साधारण सभा आह्वान गरेको छ ।

मंसिर २५ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस २० गते सोमबार कम्पनीको कार्यालय सानेपाबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो ।

उक्त सभा मार्फत कम्पनीले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्दैछ ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, आव २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक पनि निर्धारण गर्नेछ ।