कृषि विकास बैंकको ६ वर्षकै उच्च लाभांश, ६% बोनस र २४% नगद, सरकारलाई ६ प्रतिशत दिने

कृषि विकास बैंकको ६ वर्षकै उच्च लाभांश, ६% बोनस र २४% नगद, सरकारलाई ६ प्रतिशत दिने


बैंकिङ्ग समाचार ।
कृषि विकास बैंकले ६ वर्ष यताकै अधिकतम लाभांस घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो। 

यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो। सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले उक्त लाभांसको प्रस्ताव गरेको हो। बैंकले वितरणयोग्य संचित मुनाफाबाट बोनस शेयर र गत वर्षको नाफाबाट नगद लाभांस दिने भएको छ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रूपैयाँ छ। यसको ६ प्रतिशत बोनस शेयर प्रदान गरेपछि साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरको लागि भने ६ प्रतिशतका दरले यो वर्ष ३२ करोड ५९ लाख रूपैयाँ नगद प्रदान गर्नेछ। बोनस शेयर वितरणपछि नेपाल सरकारको अग्राधिकार शेयरसहित चुक्ता पुँजी १४ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ। 

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकले गत वर्ष ४ अर्ब ३५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बोनस शेयर, नगद लाभांस र अग्राधिकार शेयरका लागि समेत गरेर बैंकले यस वर्ष ३ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्ने भएको हो। सोही वित्तीय विवरणअनुसार जगेडा कोषमा १० अर्ब ४० करोड रूपैयाँ छ।  

\"\"