रिडी हाइड्रोपावरको साधारणसभाः ५ प्रतिशत लाभांश पारित

रिडी हाइड्रोपावरको साधारणसभाः ५ प्रतिशत लाभांश पारित


बैंकिङ्ग समाचार । 

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको छ ।
 
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डासमेत छलफल गरी पारित गरेको छ । कम्पनीले पारित गरेको लाभांश मंसिर १५ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । 

रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो ।  

यस कम्पनीले  गुल्मी तथा पाल्पा  जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ कात्तिक १५ गतेदेखि  व्यवसायित उत्पादन गरिरहेको छ । 
रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीले निर्माण  गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५५ (१४ करोड) शेयर लगानी रहेको छ । 

आगामी आ.व. वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश समेत प्राप्त गर्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफना शेयरधनीहरुलाई दिने लाभांशमा पनि वृद्धि हुने कम्पनीको दावी छ । कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।