मर्चेन्ट बैंकर एसोसिएशनको अध्यक्षमा मेख बहादुर थापा

मर्चेन्ट बैंकर एसोसिएशनको अध्यक्षमा मेख बहादुर थापा


बैंकिङ्ग समाचार ।
मर्चेन्ट बैंकर एसोसिएशन अध्यक्षमा एनआबीएल क्यापिटलका सहायक प्रमूख कार्यकारी अधिकृत मेख बहादुर थापा सर्वसम्मत चयन भएका छन । संघको शुक्रबार भएको साधारणसभाले थापा सहितको ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निजी क्षेत्रमा प्रबेश गरेका थापा सामुहिक लगानी कोषका सुरुवातकर्ता पनि हुन । एसोसिएशनको यसअघिको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका थापा चार्टर्ड एकाउन्टेन्टस् पनि हुन ।

थापा सहित उपाध्यक्षमा सनराइज क्यापिटलका प्रमूख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमइ क्यापिटलका प्रमूख कार्यकारी अधिकृत पारस मणी ढकाल, कोषाध्यक्षमा एनआइसी एसिया क्यापिटलका प्रमूख कार्यकारी रमेन्द्र रायमाझी रहेका छन । त्यसैगरी सदस्यहरुमा माछापुच्छ्रे कृति क्यापिटलका प्रमूख कार्यकारी अधिकृत दिपेश वैद्य, नागरिक लगानी कोषका मर्चेन्ट बैंक प्रमुख नारायण घिमिरे र नेपाल एसबिआइ मर्चेन्ट बैंकिङकी प्रमूख कार्यकारी अधिकृत रोशनी भारती रहेकी छन् ।

यसअघि सिद्धार्थ क्यापिटलका प्रमूख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना अध्यक्ष थिए । तिमिल्सिना एसोसिशनका पुर्व अध्यक्ष प्रविणरमण पराजुलीले राजिनामा गरेपछि नेतृत्वमा थिए । उनले अघिल्लो कार्यकालको एक वर्ष सहित तीन वर्ष एसोसिएशनको नेतृत्व सम्हालेका थिए ।