माछापुच्छ्रे बैंकले ल्यायो ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकले ल्यायो ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा


बैंकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ। 

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा  सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो। 

बैंकले स्याङजाजिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.–०६, उकुमा थप ६शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो। 

बैंकले १६० वटा शाखाहरु, १४१ शाखा रहित र २ सय एटीएमहरु मार्फत सेवा दिइरहेको छ।