८.२७ अंकले बढ्यो शेयर बजार, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट 

८.२७ अंकले बढ्यो शेयर बजार, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट 


बैंकिङ्ग समाचार ।

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ मा पुगेकाे छ । नेप्से ०.४२ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७४.०२ मा पुगेको छ ।

कूल २०४ वटा कम्पनीकाे ९८ लाख ८३ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, बिहीबार ४ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लागेको  छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड संस्थापक शेयर, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र हिमालयन डिस्टीलरी कम्पनी लिमिटेडकाे काराेबार सकारात्मक सर्किट लागेको हो ।