एभरेष्ट बैंकले जोन्टा क्लबलाई गर्यो दुई लाख ५० हजार सहयोग

एभरेष्ट बैंकले जोन्टा क्लबलाई गर्यो दुई लाख ५० हजार सहयोग


बैंकिङ्ग समाचार । 
एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।   

एभरेष्ट बैंकले हालै आफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने बैंकले व्यवसायिक रुपमा सजिलो बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले देशभरी ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३० एटिएम र विश्वव्यापी नेटवर्क पनि संञ्चालन गरेको छ ।