सानिमा बैंकले गर्यो औषधि उपचार बीमा भुक्तानी

सानिमा बैंकले गर्यो औषधि उपचार बीमा भुक्तानी


बैंकिङ्ग समाचार । 
सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत बचतकर्ता  यादव श्रेष्ठलाई औषधि उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार २ सय ३० रूपैयाँ बराबरको औषधि उपचार बीमा भुक्तानी पाएका छन्। 

बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा श्रेष्ठलाई चेक हस्तान्तरण गरे। 

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा,  ५ हजारसम्मको ओपिडी. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधि उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र  ३ लाखको छ प्रकारका घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन्। 

बै‍कको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा छन्।