समग्र नेप्से सूचकमा करेक्सन आउँदा हाइड्रोपावरमा आकर्षण

समग्र नेप्से सूचकमा करेक्सन आउँदा हाइड्रोपावरमा आकर्षण


बैंकिङ्ग समाचार । 
सेयर बजारको परिसूचक नेप्से बुधबार ३९.६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक १९५५ मा झरेको छ।

नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ। यस दिन जम्मा ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ५ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो। 

जलविद्युतबाहेकका समूह घटेका छन्। सो समूह भने २२ अंकले बढेको छ। 

बैंकिङ ३०, ब्यापार ९९, होटल ५९, विकास बैंक २२, फाइनान्स २, निर्जीवन बीमा समूह २२५, उत्पादन ९८, अन्य ४६, माइक्रोफाइनान्स ६९, जीवन बीमा समूह २७० अंकले घटेका छन्। 

यस दिन पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४२ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य भने प्रतिकित्ता ६५ रुपैयाँ घटेर १५४० कायम भएको छ। 

त्यस्तै माथिल्लो तामाकोसीको २५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको मूल्य भने बढेर ५२७ कायम भएके छ। 

यस दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९ प्रतिशत मूल्य कमाए।

सान्जेन जलविद्युतको मूल्य ९.८ प्रतिशतले बढेको छ भने रसुवागढीको मूल्य ७.३ प्रतिशतले बढेको छ। अरुण भ्याली हाइड्रो तथा हिमालय उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए। 

प्रभु बैंकको संस्थापक समूहतर्फको मूल्य ७ प्रतिशतले बढेको छ।