बैंकिङ्ग समाचार ।
बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट शेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरिरहेका छन्। हालसम्ममा १६ वटा बाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेको नेपाल स्टक एक्स्चेन्ज बताउँछ । बैंकहरुले लाभांश वितरणको अनुमति नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ ।
राष्ट्र बैंकको अनुमति र साधारणसभाबाट समेत पारित भएपछि मात्रै शेयर लगानीकर्ताले लाभांश पाउँछन्। अहिलेसम्म घोषितमध्ये एनआइसी एसिया र हिमालयनले सबभन्दा धेरै, २० प्रतिशत लाभांश घोषणा गरेका छन्।
लाभांश घोषणा गरेकामध्ये सानिमा, बिओके, एनआइसी एसिया बैंकले साधारणसभामार्फत अनुमोदन समेत गरिसकेका छन्। केही बैंकले साधारणसभाको मिति तोकेका छन्। यस वर्ष कोरोनाका कारण सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी गराई साधारणसभा गर्ने तयारी बैंकहरूको छ।
कुन बैंकले कति घोषणा गरे लाभांश?
बैंक बोनस(% ) नगद (% ) कुल ( %)
माछापुच्छ्र्रे ७.०३ ३.३७ १०.४०
सिद्धार्थ १२ ३ १५
हिमालयन १४ ६ २०
नेपाल बंगलादेश ६ २.२४ ८.२४
सनराइज ५.८ २.४८ ८.२८
एसबिआई ६ ३.४७ ९.४७
कुमारी १० ४ २४
एभरेष्ट ५ ५.५३ १०.५३
सिटिजन्स ८ ३ ११
स्टान्डर्ड चार्टड ७ ४.८४ ११.८४
सानिमा १० ३.६० १३.६०
बैंक अफ काठमाडू १३ ३ १६
एनसिसी १५ ०.७८ १५.७८
एनआइसी एसिया १९ १ २०
ग्लोबल आइएमई १४ २ १६
यस वर्ष लाभांश घट्यो
गत वर्षको तुलनामा यो वर्ष लाभांश घटेको छ। कोरोनाको असरका कारण बैंकहरूको नाफामै कमी आउँदा अधिकांश बैंकले दिने लाभांश घटेको हो।
नाफामा कोभिडको असर परेकाले पनि लाभांशमा कमी आएको बैंकरहरुको बुझाई छ ।
गत वर्ष एनआइसी एसियाले २१, प्रभुले १६.८ , कुमारीले १०.५६, सिटिजन्सले १५, माछापुच्छ्रेले १६, बिओकेले १७, सानिमाले २१, सिद्धार्थले २५, सनराइजले १५.८, ग्लोबल आइएमईले २५. ५ प्रतिशत लाभांश दिएका थिए।
त्यस्तै हिमालयनले २२ स्टान्डर्ड चार्टडले २२.५, नेपाल बंगलादेशले १२, एसबिआईले १६.८, एभरेष्टले २५ र प्रतिशत लाभांश दिएका थिए।
प्रतिक्रिया