नेप्सेमा ९ अंकको गिरावट, जलविद्युतका लगानीकर्ताले कमाए

नेप्सेमा ९ अंकको गिरावट, जलविद्युतका लगानीकर्ताले कमाए


बैंकिङ्ग समाचार ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से ९ अंकले झरेको छ।

यस दिन ५ अर्ब ७१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको हो। हिजो ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको हो। 

बैंकिङ ७, ब्यापार ८६, होटल ८, विकास बैंक ३१, फाइनान्स १५, निर्जीवन बीमा १३१, उत्पादन १०४, अन्य १८, माइक्रोफाइनान्स ३ र जीवन बीमा समूह १२० अंकले घटेका छन्। 

यस दिन जलविद्युत समूह भने ८३ अंकले बढेको छ। माथिल्लो तामाकोसी, रसुवागढी हाइड्रोपावर, सान्जेन जलविद्युतका लगानीकर्ताले साढे ९ प्रतिशत बढी नाफा कमाए।

त्यस्तै अरुण भ्यालीको मूल्य ७ प्रतिशतले बढ्यो। अपि पावरको मूल्य ६ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन्।