७२ अंकले बढ्यो नेप्से परिसूचक, साढे ६ अर्बको कारोबार 

७२ अंकले बढ्यो नेप्से परिसूचक, साढे ६ अर्बको कारोबार 


बैंकिङ्ग समाचार ।  
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७२ अकंले बढेको छ। गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार बढेर २००४.२९ विन्दुमा पुगेको हो। 

यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो। दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो।

यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ। सोमबार व्यापार उप समुहको सूचक सबैभन्दा धेरै ६.५७ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ६.०४ प्रतिशत, उत्पादनमूल्क ५.०९ प्रतिशतले बढेका छन्। यस दिन बैंकिङ्ग उपसमूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ।

सबै समूह हरियाली

नेप्सेमा कारोबार हुने सबै समूह बढेर हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह६.०४ प्रतिशतले बढेको छ । यसैगरी बेंकिङ २.२३, होटल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त४.३ प्रतिशतले बढेको छ ।

पूनर्बीमा कम्पनीको मात्रै १ अर्ब बढीको कारोबार

सोमबार नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब बढीको शेयर कारोबार भएको छ। यस कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ४७ करोड ५९ लाख रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको ३३ करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकको २५ करोड ३३ लाख रुपैयाँ र शिवम् सिमेन्टको २४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।