प्रभु बैंकले घोषणा गर्यो शेयरधनीलाई वितरण गर्ने प्रतिफल

प्रभु बैंकले घोषणा गर्यो शेयरधनीलाई वितरण गर्ने प्रतिफल


बैंकिङ्ग समाचार ।
प्रभु बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।

त्यसैगरी बैंकले कर प्रयोजनका लागि मात्र चुक्त पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताको खातामा बोनस शेयर जम्मा हुनेछ ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैयाँ पुग्नेछ ।