शेयर बजारमा ‘नेगेटिभ सर्किट’

शेयर बजारमा ‘नेगेटिभ सर्किट’


बैंकिङ्ग समाचार ।
साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार १२३.३४ अंकले घटेको छ ।  

साढे २ नबज्दै शेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो । बजार मापन गर्ने सूचक १२३.३४ अंकले घट्दा कारोबार मापन गर्ने सूचक १९३२.११ बिन्दुमा रोकिएको छ । यो दिन १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

घटेको बजारमा बैंकिङ्ग ६४.९ अंक, व्यापार १५९.५४ अंक, होटल ८१.९९ अंक, विकास बैंक ७६.२७ अंक, जलविद्युत ८६.५१ अंक, फाइनान्स १९.५३ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ५६९.२५ अंक, उत्पादन३६२.४१ अंक, अन्य १६४.०९ अंक, माइक्रोफाइनान्स २२४.१९, लाइफ इन्स्योरेन्स १ अंक र सामूहिक लगानी कोष ०.२ अंकले घटेको छ ।  

पुनर्बीमाको शेयरमा उच्च बिक्री चाप

पुनर्बीमा कम्पनीको शेयर बिक्रीमा आइतबार उच्च बिक्रीचाप देखिएको छ । कारोबार समयभन्दा ४६ मिनेट अगावै नेप्से ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेर ऋणात्मक सर्किट लागेपछि पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पनि ऋणात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १७३ रुपैयाँले घटेर १५६२ रुपैयाँमा झरेको छ।

कम्पनीले यसअघि गत बिहीबारको १ अर्ब ११ करोडको रेकर्ड तोड्दै आइतबार १ अर्ब १६ करोड रुपैयाँको शेयर कारोबारमा आएको छ । गत बिहीबारअघि एउटै कम्पनीको एकैदिनमा १ अर्ब बढीको शेयर कारोबार भएको थिएन । पुनर्बीमा कम्पनीले नै सो रेकर्ड कायम गरेकोमा आइतबार उक्त दिनको रेकर्ड समेत तोडिएर रकम र कित्तामा पनि नयाँ रेकर्ड बनेको हो । आइतबार पुनर्बीमाको ७ लाख १४ हजार ६११ कित्ता कारोबारमा आएको छ । गत बिहीबार ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीद बिक्री भएको थियो ।

\"\"