एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको शेयर आजदेखि लिलामीमा

एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको शेयर आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार ।
एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला भएको छ । 

बैंकले आरएमडीसी लघुवित्तको २५ हजार ५२० कित्ता र ग्रामीण विकास लघुवित्तको ३० हजार कित्ता लिलामीमा विक्री खुला गरेको हो । आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४८५ र ग्रामीण विकास लघुवित्तको रू. २६९ तोकिएको छ । 

यी शेयरमा आवेदकले पुस ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रिय कार्यालय बिर्तामोड झापाबाट पनि आवेदन गर्न सकिने बैंकले जानकारी गराएको छ ।