प्रभु इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा 

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा 


बैंकिङ्ग समाचार ।
प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर आज मंसिर २१ गते देखि लिलामीमा विक्री खुला भएको छ ।
 
कम्पनीले ७ लाख ३५ हजार कित्ता सस्थापक शेयर लिलामीद्धारा विक्री खुला गरेको हो । उक्त शेयरमा आवेदकले मंसिर २८ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य रू. ३५० तोेकेको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । शेयर खरीद गर्दा न्यूनतम २५ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।