मितेरी डेभलपमेण्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा

मितेरी डेभलपमेण्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा


बैंकिङ्ग समाचार ।
मितेरी डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले १५ प्रतिशत बोनस शेयर  र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ९८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।